सुनापति गाउँपालिका फेरी पनि माओवादीकै कब्जामाः यी हुन् प्रमुख, उपप्रमुखसहित अध्यक्षहरु (नामावली)

| जेठ ६, २०७९ शुक्रबार

A A A
A A A

६ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका फेरी पनि माओवादी केन्द्रले आफ्नो पोल्टोमा पारेको छ । गत  ०७४ को निर्वाचनमा पनि त्यहाँ माओवादी केन्द्रकै उम्मेद्वार बिजयी भएका थिए ।

 

यो पटक पनि माओवादी केन्द्रका ठूलोकान्छा तामाङ् पालिका प्रमुख र गीता बिष्ट (चौलागाई) उपप्रमुखमा बिजयी भएका हुन् । बिष्ट पुःन उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । 

 

 

पालिका प्रमुखमा निर्वाचित तामाङ्ले ५ हजार ३ सय ९८ मत पाएर निर्वाचित भएका हुन्, भने उपप्रमुख बिष्टले ५ हजार ३ सय ५७ मत पाएकी छन् । 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउदै त्यहाँ माओवादीले बिजयी हाँसिल गरेको हो ।  ५ वडा रहेको सुनापतिमा एक वटा वडा बाहेक सबै वडामा माओवादी केन्द्रले कब्जामा लिएको छ । 

 

त्यहाँ नेकपा एमालेले कुनै पनि वडा जित्न सकेन । 

यी हुन  सुनापति गाउँपालिकाका निर्वाचित वडाअध्यक्षहरुः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)