यी हुन् रामेछापका आठ स्थानीय तहका प्रमुख र उपप्रमुख

| जेठ ७, २०७९ शनिबार

A A A
A A A

७ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार आठ वटै स्थानीय तहको प्रमुख उपप्रमुखको टुङ्ग्याउदै ६४ वटा वडाको मत परिणाम सार्वजनिक भएसंगै जिल्लाका सबै स्थानीय तहले नयाँ नेतृत्व पाएको हो । 

 

सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ३ पालिका प्रमुख एवं अध्यक्ष, ४ उपप्रमुख, उपाध्यक्ष र २४ वटा वडा जित्तै पहिलो पार्टी बनेको छ ।  

 

त्यस्तै नेकपा एमाले ३ प्रमुख, अध्यक्ष, ३ उपप्रमुख, उपाध्यक्ष र २४ वटा वडामा जित्दै दोस्रो ठूलो पार्टी भएको छ ।

 

माओवादी केन्द्रले २ प्रमुख, अध्यक्ष, १ उपप्रमु्ख, उपाध्यक्ष १५ वटा वडा जित्तै तेस्रो पार्टी भएको छ ।  त्यस्तै एकिकृत समाजवादी पार्टीले एक वडा जितेको छ ।

 

निर्वाचित जनप्रतिनिधिले सबैले सपथ समेत खाइसकेका छन् । केहीले शुक्रबारै पदभार समेत ग्रहण गरेका छन् भने केहीले शनिबार र आइतबार भएका कारण सोमबार पदभार ग्रहण गर्दै छन् । सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिन थालेको छ । 

 

जिल्लामा १६ जना प्रमुख र उपप्रमुख निर्वाचित हुँदा एक जना पालिका प्रमुख र एक जना उपप्रमुख बाहेक सबै नयाँ अनुहार आएका छन् । 

 

यसरी दोहोरिनेमा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्षमा सुनापति गाउँपालिकाकी गीता बिष्ट छन् । उनीहरु गत ०७४ को निर्वाचनमा पनि निर्वाचित् भएर ५ वर्ष काम गरिसकेका छन् । सुनुवार एमाले निकट हुने भने बिष्ट माओवादी निकट हुन् । 

 

निर्वाचित भएका अन्य १४ जना भने सबै पहिलो पटक स्थानीय तहको जिम्मेवारीमा पुगेका हुन् । 

 

निवर्तमान बनेका जनप्रतिनिधिले ५ वर्षको अबधिभर जनअपेक्षित काम गर्न नसकेको भन्दै जनप्रतिनिधि प्रति नागरिकको असन्तुष्टि मात्रै देखिन्छ । नयाँ आएका अनुहारले कस्तो काम गर्छ र अहिले जनप्रतिनिधि प्रतिदेखिएको भ्रमलाई चिर्न सक्छन सक्दैनन् त्यो हेर्न बाँकि छ । 

 

निर्वाचित भएका प्रमुख उपप्रमुखहरुले आफूलाई जिताउन सहयोग गरेको भन्दै सबैमा धन्यवाद् ब्यक्त गरेका छन् । 

यी हुन् रामेछापका आठ वटै स्थानीय तहका निर्वाचित प्रमुख, उपप्रमुखहरु 

उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)
गोकुलगंगा गाउँपालिका
काजीबहादुर खड्का दिनेश, अध्यक्ष (कांग्रेस)
उषा वस्नेत कार्की, उपाध्यक्ष (कांग्रेस)
लिखु तामाकोसी गाउँपालिका
केशव महत, अध्यक्ष (कांग्र्रेस)
दिपा पाख्रिन, उपाध्यक्ष (एमाले)
सुनापति गाउँपालिका
ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)
गिता विष्ट, उपाध्यक्ष (माओवादी)
रामेछाप नगरपालिका
लवश्री न्यौपाने, नगरप्रमुख (कांग्रेस)
बाला कुमारी कार्की, नगरउपप्रमुख (कांग्रेस)
मन्थली नगरपालिका
लव श्रेष्ठ, नगरप्रमुख (एमाले)
ईश्वरी वस्नेत, नगरउपप्रमुख (एमाले)
दोरम्बा शैलुङ गाउँपालिका
मैनकुमार  मोक्तान, अध्यक्ष (माओवादी)
खमला थापामगर, उपाध्यक्ष (कांग्रेस)
खाँडादेवी गाउँपालिका 
ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष (एमाले)
रमा घिसिङ्, उपाध्यक्ष (एमाले)

तथ्याङ्क स्रोतः जिल्ला निर्वाचन कार्यालय रामेछाप,