कर्कलादेवी स्कूलले आइतबार बिदा नदिनेः  ‘प्रअ’ तिमल्सिना भन्छन् ‘हामी आइतबार बिदा दिने निर्णयको बिरुद्ध छौं’

| जेठ ७, २०७९ शनिबार

A A A
A A A

७ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित कर्कला देवी बोर्डिङ् स्कूल (केईबिस्) आइतबार पनि बन्द नहुने भएको छ । 


सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै जेठ १ गतेदेखि लागू हुने गरि देशैभरी दुई दिन बिदा दिने निर्णय लागू गरेको छ । सोही अनुसार बिदा दिन सरकारले निर्देशन दिए पनि मन्थली स्थित सो स्कूलले भने आफ्नो स्कूलको ‘गाडी’ पनि नरहेको र पेट्रोलिय पदार्थको मूल्य घटाउन वा बढाउन आफ्नो स्कूल एक दिन बन्द गरेर कुनै अर्थ नहुने भन्दै आइतबार पनि निरन्तर पठनपाठन गर्ने स्कूलले विज्ञप्ति निकालेर जनाएको छ । 

 

सरकारले लागू गरेको यो निर्णय वैज्ञानिक र ब्यवाहारिक दुवै तर्फबाट असान्दर्भिक भन्दै (प्याब्सन) रामेछापका अध्यक्ष समेत रहेका स्कूलका प्रधानध्यापक केशव तिमल्सिनाले यो निर्णय लागू नगर्ने रामेछाप टाइम्ससंग बताए । 


उनले भने ‘यो सबै क्षत्रसंग ब्यापक छलफल नगरी हतारमा लागू गरिएको हो । यो शिक्षा क्षेत्रमा पूर्ण लागू हुन, सक्दैन । कोरोना महामारीका कारणपछि धकेलिएको शैक्षिक सत्रलाई झन यसले अप्ठ्यारोमा पार्छ । यो निर्णय उपयुक्त देखिदै । त्यसैले (प्याब्सन) पनि यो निर्णयको बिरुद्धमा छ । हाम्रो स्कूलमा पनि लागू हुदैन । आइतबार बिद्यालय पूर्ण खुल्छ ।’

प्रधानाध्यापक केशव तिमल्सिना । 

विद्यार्थीहरुको पठनपाठन कोरोना महामारीले पछि धकेलिएको भन्दै यो निर्णयले झन समस्या हुने बताए । ‘त्यसैले यो निर्णयको सबैले आलोचना सुरु गरेका छन् । तत्कालको लागि यो उपयुक्त छैन् प्रअ तिमल्सिनाले भने ।’

 

सरकारले शनिबार दिदै आएको बिदालाई थपेर आइतबार समेत दिदाँ सवारी साधन कम चल्ने र पेट्रोलियम पदार्थको खपतमा कमि आउन उद्देश्य राखेको छ । तर, यसको कार्यान्वयमा भने चुनौती देखिन थालेको छ ।