अध्यक्ष मोक्तानले भने ‘पालिकाले गर्नु पर्ने प्रमुख कामको सुझाव पाउँ, स्थानीय स्रोत साधनको प्रयोगलाई पहिलो प्राथमिकता दिन्छौं’

| जेठ ८, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

८ जेठ, रामेछाप । दोरम्बा शैलुङ् गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैनकुमार मोक्तानले पालिका विकासको लागि सुझाव दिन माग गरेका छन् । उनले भने ‘डडुवाको विकासको लागि आवश्यक सुझाव दिन माग म यहाँका सबैमा आग्रह गर्दछु ।हामी सबै वडाको विकास र हामीलाई जिताउन सहयोग गर्नेहरुलाई धन्यवाद दिने अभियानमा छौं । यसै बेलामा तपाईको गुनासो, समस्या के छन् हामीलाई यहाँको आवश्यकता, पालिकाले गर्नु पर्ने कामहरु माग गर्नु होला ।जतिबेला पनि टिपाउन सक्नु हुने छ । त्यसैको आधारमा हामी योजना बनाउछौं । हामीले प्रतिबद्धता पत्रमा लखेकालाई अज थप गर्नेछौं । समग्र पालिकाको समृद्धिको लागि सबै एक भएर लागौं ।’
 


शनिबार वडा १ डडुवामा भएको बिजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष मोक्तानले चुनावमा हारजित हुनै भन्दै सबैलाई समन्वय गरेर जाने बताए । उनले मतमाग्दा जनतालाई सामू गरेका प्रतिबद्धतालाई पुरा गर्ने जिकिर गरे । 

 

माओवादी केन्द्र निकट मोक्तान ५ दलिय गठबन्धको नेतृत्व गर्दै पालिका अध्यक्ष बनेका हुन् । उनले थपे ‘दोरम्बालाई कसरी नमूना बनाउने हो त्यता मात्रै हाम्रो ध्यान केन्द्रित भैसक्यो ।’ 

 

अध्यक्ष मोक्तानले पालिका भित्रका वडाहरुमा भएका स्रोत र साधनलाई उच्चतम प्रयोग गरि पालिकाको विकास गर्नु पर्छ । 

 

उनले डडुवामा जडिबुटी प्रर्याप्त रहेको स्मरण गराउदै त्यसलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए । उनले ‘जडिबुट्टी संकलन गर्ने, खोज्ने अनुमति लिनु भएको छ कि छैन्, छैन भने पालिका अब पूर्ण सहयोग हुन्छ ।’

 

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष खमला थापा मगरले जनताको मतको कदर गर्ने र पालिकाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतमा काम गर्ने प्रतिद्धता जाइन् । उनी नेपाली कांग्रेस निकट हुन् ।
 

पालिकामा बिजयी उत्सब आइतबार वडा नं २ र ३ मा हुन्दै छ ।