उमाकुण्ड गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले सपथ खाए

| जेठ ९, २०७९ सोमबार

तस्विर स्रोत पालिकाको सचिवालय ।
A A A
A A A

९ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ खाएका छन् । 

 

आइतबार पालिकाको कार्यालय प्रिती च्यादलुमा ७ वटै वडाका निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पालिका अध्यक्ष शेरबहादुर सुनुवारले सपथ खुवाएका हुन् । पालिका अध्यक्ष सुनुवारले केही दिन अगाडिनै सदरमुकाम मन्थलीमा सपथ खाएका थिए । 

 

आइतबार पालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई निवर्तमान पालिका उपाध्यक्ष उर्मीला कार्की बस्नेत, नवनिर्वाचित उपाध्यक्ष सावित्री सुनुवारसहितको उपस्थितिमा सपथ खाएका हुन् । 


सपथ ग्रहण सभामा बोल्दै जनप्रतिनिधिहरुलाई जनताको मतको कदरहुने गरि काम गर्ने पालिका प्रमुखले आग्रह गरे । पालिकामा गत वैशाख ३० गते भएको निर्वाचनमा एक वडा नेपाली कांग्रेस र २ वडा नेकपा माओवादी केन्द्र र ४ वटा नेकपा एमालेले जितेको छ ।