सुनारपानीका नवनिर्वाचित अध्यक्ष कार्कीले कार्यभार समाल्दै भने ‘एक घर, एक धारा, टोल-टोलमा फ्रिईन्टरने लागू गर्छु’

| जेठ ९, २०७९ सोमबार

तस्विर स्रोत वडाको सचिवालय ।
A A A
A A A

९ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका नवनिर्वाचित वडा अध्यक्ष रविन कार्की (नवीन) ले पदभार ग्रहण गरेका छन् ।

 

सोमबार आज वडा कार्यालयमा पुगेर निवर्तमा वडा अध्यक्षसहितको उपस्थितिमा उनले कार्यभार समालेका हुन् । 

 

नेकपा (एकीकृत समाजवादी एस) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका कार्कीले जिल्लामा (एस) बाट एक मात्रै बिजयी हुदै ईतिहास रचेका छन् । 

 

उनले अध्यक्षमा निर्वाचित भएपछि पहिलो कार्यालय पुग्दै वडाको सम्रग विकास र समृद्धिको लागि आफू फिल्डमा आएको बताए । वडा अध्यक्ष कार्कीले भने ‘एक घर एक धारा वितरण गर्ने,  जेष्ठनागरिक सम्मान सहित सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गर्ने, शिक्षा क्षेत्रमा क्रमिक रुपमा अङ्ग्रेजी माध्यमबाट र सीपमूलक शिक्षाको पठनपाठन सुरु गर्ने, टोल–टोलमा निःशूल्क–इन्टरनेट सेवा विस्तार गर्ने छु । 

 

उनले थपे कृषिमा आधुनिकीकरण गर्दै औजार, मल,बिउ अनुदान साथ वितरण गर्ने छौं । गत निर्वाचनमा नेकपा माओवादीले जितेको सुनारपानीमा यो पटक एमालेबाट फुटेर बनेको एसले जितेको हो । 

 

कार्कीले पदभार ग्रहण गरेसंगै निवर्तमान अध्यक्ष रामबहादुर कार्कीको वडा अध्यक्षबाट बिदाई भएका छन् ।