गुम्देलका नवनिर्वाचित वडा अध्यक्ष शेर्पाले जिम्मेवारी समाले

| जेठ ९, २०७९ सोमबार

तस्विर स्रोत वडाको सचिवालय ।
A A A
A A A

९ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका नवनिर्वाचित वडा अध्यक्ष ङातुण्डू शेर्पाले पदभार समालेका छन् । 


हिजो आइतबार पालिका अध्यक्ष शेरबहादुर सुनुवारबाट सपथ खाएका सबै निर्वाचित वडा अध्यक्षहरु आज सोमबार वडा कार्यालय पुगेर जिम्मेवारी समालेका हुन् । 

 

गुम्देलमा एमालेका शेर्पाले बिजयी हाँसिले गरेका छन् । भूगोलको हिसाबले निकै ठूलो गुम्देलको समग्र विकास गर्ने प्रतिबद्धता पत्र अनुसार सोको कार्यान्वय र जनताको माग र आवश्यकताको आधारमा काम गर्ने वडा अध्यक्ष शेर्पाले बताए । 

 

गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको गुम्देलमा यो पटक एमालेले जितेको हो । निर्वाचित शेर्पाले कार्यभार समालेसंगै निवर्तमान वडा अध्यक्ष नुर्वु शेर्पाको बिदाई भएको छ ।