मन्थली नगरपालिका २ कठजोर र ८ चिसापानीका नवनिर्वाचित अध्यक्षले जिम्मेवारी समाले

| जेठ ९, २०७९ सोमबार

A A A
A A A

९ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोर र वडा नं ८ चिसापानीका नवनिर्वाचित वडा अध्यक्षहरुले जिम्मेवारी समालेका छन् । 

 

सोमबार नवनिर्वाचित वडा अध्यक्षहरु सम्बन्धित वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । वडा नं २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्की र वडा नं ८ का अध्यक्ष गोपाल श्रेष्ठले पद समालेका हुन् । 

 

८ नंका निवर्तमान वडा अध्यक्ष राजकुमार श्रेष्ठसहितको उपस्थितिमा श्रेष्ठले जिम्मेवारी समालेका हुन् । गत ०७४ को निर्वाचनमा एमालेले जितेको चिसापानीमा यो पटकको पालिका चुनावमा पनि एमालेको प्यानलै बिजयी भएको छ। 

 

 

नवनिर्वाचित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको गृह वडा समेत रहेको चिसापानीका निर्वाचित वडा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेसंगै निवर्तमान अध्यक्ष राजकुमारले बिदाई लिएका छन् ।