मन्थलीका अध्यक्ष पौडेलले समाले कार्यभार

| जेठ ९, २०७९ सोमबार

तस्विर कुमार श्रेष्ठ ।
A A A
A A A

९ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १ मन्थलीका नवनिर्वाचि वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरि) ले जिम्मेवारी समालेका छन् । 

 

सोमबार उनले जिल्ला समन्वय समिति नजिकै रहेको वडा कार्यालयमा पुगेर उनले जिम्मेवारी समालेका हुन् । 

 


वडामा माओवादीसंगै गठबन्धनको गरेर नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा बिजयी भएका पौडेल जनआन्दोलन २०६२÷६३ का घाइते समेत हुन् । गत निर्वाचनमा मन्थली १ मा नेकपा माओवादी केन्द्रले बिजयी हाँसिल गरेको थियो । 

 

 

उनले कार्यभार समाल्दै चुनावी घोषणा पत्रअनुसार काम सुरु गर्ने प्रतिबद्धता जनाए ।