रामेछाप नगपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ तथा पदभार ग्रहण गरे

| जेठ ९, २०७९ सोमबार

तस्विर स्रोत सचिवालय ।
A A A
A A A

९ जेठ, रामेछाप । रामेछाप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सपथ खाएका छन् । साथै उनीहरुले सोमबार जिम्मेवारी समेत समालेका छन् ।

 

नगरको प्रमुखमा निर्वाचित भएका लबश्री न्यौपानेलाई सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकृत गीता गुरुङ्ले सपथ खुवाएकी हुन् ।


त्यस्तै सोमबार आजनै निर्वाचित नगर, उपप्रमुख बालाकुमार कार्कीसहित वडा अध्यक्षहरुले पनि निर्वाचित भएको प्रमाणपत्र पाएका छन् ।


निवर्तमान नगरप्रमुख नरबहादुर थापामगर र उप्रमुख सिर्जना खड्कासहितको उपस्थितिमा नवनिर्वाचित जनप्रतिनिधिले सपथ तथा निर्वाचित भएको प्रमाण पाएका हुन् ।
 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जितहाँसिल गरेको रामेछाप नगरपालिकामा प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । गत निर्वाचनमा पनि त्यहाँ नेपाली कांग्रेसले जितेको थियो । यो नगरपालिका गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्दा बागमती प्रदेशकै उतृष्ठ नगर भएको छ ।