कांग्रेस रामेछापले भन्यो ‘निर्वाचनमा आफ्नै उम्मेद्वारलाई हराउन लागेको पुष्टि भए पार्टीबाट निष्काशन हुन्छ, जनप्रतिनिधिलाई काम नगर्ने छुट छैन’

| जेठ ९, २०७९ सोमबार

A A A
A A A

९ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापले गत निर्वाचनमा पार्टीका कार्यकर्तालेनै आन्तरिक रुपमा असहयोग गरेको पुष्टि भए कारबाही गर्ने भएको छ । यो निर्वाचनको नतिजाबाट नेपाली कांग्रेस जिल्लामा सबै भन्दा ठूलो पार्टी भएको पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ले बताए । तर, निर्वाचनको परिणामबाट पार्टी पूर्ण सन्तुष्टि भने नरहेको उनले बताए । 

 

सोमबार आज सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरि भर्खरै सम्पन्न भएको पालिका निर्वाचनमा आफ्ना उम्मेद्वार पार्टीकै केही व्यक्तिको असहयोगका कारण पराजित भएको भन्ने चौतर्फ चर्चा रहेको भन्दै त्यो आधिकारीक उम्मेद्वारहरुले लिखित रुपमा भनेमा त्यसता व्यक्तिलाई पार्टीले कारबाही गर्ने सभापति तामाङ्ले चेतावनी दिए । उनले भने ‘त्यो सुनिएको छ । संजालतिर पनि देखिएका छन्, तर, हल्ला, आशंका गरेर हुदैन । आधिकारिक उम्मेद्वारले लिखित रुपमा यो व्यक्तिले असहयोग गर्यो भनेर हामीलाई प्रतिबेदन आउनु पर्छ । त्यसो भएमा हामी त्यसलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको कारबाही हुन्छ । हामीले त्यसको लागि ७ दिनको समय पनि दिएका छौं ।’ 


चुनावमा हारजित हुने भन्दै केही कमिकम्जोर भने नेतृत्वबाट भएको स्वीकार गरे । उनले ‘पार्टीका उम्मेद्वार हार्नुको जिम्मेवारी मैलिन्छु । नेतृत्वमा भएको हुनाले म, अरुलाई दोष दिन्ने पक्षमा छैन् । त्यो जिम्मेवारी मलिन्छु भने ।’ 


त्यस्तै सभापति तामाङ्ले जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी भएको जानकारी गराउदै अहिलेको चुनावी नतिजा कांग्रेसको लागि पर्याप्त भने नरहेको बताए । उनले ‘पार्टीले बनाएको योजना पूर्ण सफल हुन सकेन । हामीले ३९ देखि ४५ वडा र ६ वडा स्थानीय तह जित्ने लक्ष्य राखेका थियौं । त्यो पूरा भएन, यसको समिक्षा हुन्छ ।’

 
सभापति तामाङ्ले जिल्लामा कांग्रेस सुधारिधो बाटोमा गएको भन्दै यसलाई राम्रो बनाउन अझै कसरत बाँकि रहेको उल्लेख गरे । 

 

स्थानीय आवश्यकता अनुसार दुई पालिकामा गठबन्धन र अन्यमा एकला–एक्लै नेकपा एमालेसंग चुनावी प्रतिस्पर्धा गरेको कांग्रेसले एमाले भन्दा बढी वडा सदस्यहरु जितेको बताएको छ । 

 

चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिले नीति र बिधिभित्र बसेर काम गर्नु पर्ने भन्दै पहिलेका जनप्रतिनिधिलाई जस्तो काम नगर्ने छुट् नरहेको बताए । 

 

उनले ‘पार्टीको सिद्धान्त, बिधि र नीति भित्र बसेर काम गर्नु पर्छ । त्यो नगर्नेलाई विधान, कानूनले उल्लेख गरे अनुसारको कारबाही हुन्छ ।  काम नगर्ने छुट हाम्रा जनप्रतिनिधिलाई छैन् भने ।’