यी हुन् नेपाली कांग्रेसका ३ प्रमुख, ४ उपप्रमुख, २४ वडा अध्यक्ष र ९५ सदस्यहरु (नामावली)

| जेठ १०, २०७९ मंगलबार

सोमबार मन्थलीमा आयोजित पत्रकार सम्मेलन ।
A A A
A A A

१० जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापले गत वैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीले जित हाँसिल गरेका सबै जनप्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ । 

 

कांग्रेसले यो पटकको निर्वाचनमा जिल्लामा अन्य पार्टीको तुलनामा धेरै सिट जितेर पहिलो पार्टी समेत बनेको छ । ३ पालिका प्रमुख, ४ उपप्रमुख सहित २४ वटा वडा अध्यक्ष र ९५ वडा सदस्यहरु जितेको सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता नारायण बोगटीले बताए । उनले वडा सदस्यहरुको पूर्ण विवरणमा तलमाथि हुन सक्ने बताए । 

 

उनका अनुसार कांग्रेसले सबै भन्दा धेरै रामेछापमा नगरपालिकामा ७ वटा वडा जितेको छ । 


त्यस्तै मन्थली नगरपालिकामा ६, दोरम्बा शैलुङ् गाउँपालिकामा २, सुनापति, खाँडादेवी र उमाकुण्ड गाउँपालिकामा १–१ वडा जितेको छ । 

त्यस्तै गोकुलगंंगा गाउँपालिकामा ४ र लिखु तामाकोशी गाउँपालिका २ वटा वडा कांग्रेसले जितेको छ । 

 

पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ ले अहिलेको यो नतिजाबाट कांग्रेस सन्तुष्ट हुने अवस्था भने नरहेको बताए ।

 

उनले पार्टी ६ वटा स्थानीय तह र ४५ वटा वडा जित्ने लक्ष्य राखेको भएपनि त्यो विविध कारणले सफल नभएको बताए । त्यसको अब बस्ने पार्टीको बैठकमा समिक्षा गर्ने उनले सुनाए । 

 

हेर्नुहोस् नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु, नामावली हेर्नुहोस्  ।