गठबन्धन् र व्यक्तिगत स्वार्थको कारण पार्टीले धोका खानु परेको माओवादी केन्द्र रामेछापको निष्कर्श

| जेठ १२, २०७९ बिहिबार

A A A
A A A

१२ जेठ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी) रामेछापले गठबन्धको कारण पार्टीलाई धोका पुगेको निष्कर्श निकालेको छ । पालिका निर्वाचनमा सोचे अनुसारको नतिजा नआउनुमा गठबन्धको सही कार्यान्वय र पार्टीका जिम्मेवार व्यक्तिहरुनै व्यक्तिगत स्वार्थमा लाग्नू मुख्य समस्या देखिएको पार्टीको मन्थली नगरपालिका प्रथम उपाध्यक्ष एवं मन्थली नगरप्रमुख पदका पराजित उम्मेद्वार दीपकराज प्रसाईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

बुधबार सदरमुकाम मन्थलीमा बसेको पार्टीको निर्वाचन समिक्षा बैठकले गठबन्धनको कारण पार्टीलाई ठूलो असर पुगेको निषकर्श निकालेको हो । 

 

बैठकले पार्टीको संगठनको सुद्ढृ अवस्थामा पुगेको देखाए पनि पार्टीकै केही व्यक्तिहरुले अन्तिममा धोका दिदाँ सोचे भन्दा उल्टो परिणाम भोग्नु पुगेको उल्लेख गरे । 

 

उनले ‘भने मलाईनै टिकट अति सम्बेदन्शीत अवस्थामा दिएको हो । अन्तिममा आएर जिम्मा लगाए । पार्टीकै केही जिम्मेवारी साथिहरुले हामीलाई धोका दिए । वडा नं १० का भरत बोहोराले श्रीमतीलाई बागी उम्मेद्वार उठाए, भिमबहादुर तामाङ्ले अरुलाई सहयोग गरे, सालु, चनखु, मन्थली लगाएतका वडामा पनि विभिन्न रुपमा धोका भएको छ । पार्टीकै जिम्मेवार नेतृत्वले पनि जुन रुपमा लाग्नु पर्ने हो, त्यो लागेन । गठबन्धनको बैठकमा÷वार्तामा जो जान्छ उसैलाई टिकट चाहिने, मै भए राम्रो अरु, हुँदा नराम्रो, व्यक्तिगत स्वार्थको कारण पार्टीलाई क्षेती भयो ।’

 

प्रसाईका अनुसार पार्टीले यो नतिजालाई स्वकार गर्दै गम्भिरताको साथ लागि पर्ने समेत निर्णय गरेको छ ।

 

 

निर्वाचनमा हारजित हुने भन्दै हारेपनि जनताको सेवामा सधै लागि पर्नेमा बैठकमा छलफल भएको हो ।