प्रधानाध्यापकहरुको मन्थली नगर शिक्षा समितिलाई लिखित सुझावः आइतबार पनि विद्यालय खुलाउन पाउनु पर्यो

| जेठ १३, २०७९ शुक्रबार

नगरपालिकामा बिहिबार बसेको नगरशिक्षा समितिको छलफल तथा बैठक । तस्विर नगरपालिकाको सचिवालय ।
A A A
A A A

१२ जेठ, रामेछाप । मन्थली नगरपालिका भित्र हप्ताको ६ दिननै विद्यालय खुलाउन पाउनु पर्ने सुझाव पेश भएको छ । बिहिबार बसेको प्रधानाध्यापकहरुको संयुक्त बैठकले नगरशिक्षा समितिलाई यस्तो सुझाव दिएको पेश गरेको हो । 

 

नगरपालिकाको हलमा बसेको बैठकले नगरशिक्षा समितिलाई लिखित रुपमा आइतबार पनि विद्यालय खुलाउनु पाउनु पर्ने सुझाव पेश गरेको मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार नवनियुक्त नगरप्रमुख लब श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतसहित बसेको बैठकले ५ दिन मात्रै बिद्यालय खुलाउदा विद्यार्थीहरुको पठनपाठनमा क्षेती पुग्ने भन्दै आइतबार पनि नियमित पठनपाठन गर्न पाउनु पर्ने सुझाव पेश भएको हो । 

 

उनले भने ‘बहुमत प्रअहरुले आइतबार पनि विद्यालयमा पठनपाठन गर्न पाउनु पर्ने सुझाव सर्वसहमतिमै आएको छ । हामीले नगरशिक्षा समितिलाई पनि यो वियष पेश गरेका छौं । नगरप्रमुख पनि सकारात्मक हुनुहुन्छ । कार्यान्वय हुन्छ होला ।’


आइतबार बिदा अनुपयुक्त भएको भन्दै सरकारको आचोलना भएको छ । घरमा आइतबार विद्यार्थी राख्दा यसले अभिभावकलाई पनि बच्चाहरुको बढि समय बर्बाद भएको देखिने र पठनपाठन पनि भनेको जस्तो नहुने उनले सुनाए । 

 

विद्यालयहरुमा किताब पुग्न नसकेको भन्दै पठनपाठनमा समस्या भने नरहेको उनले बताएका छन् । देशका अन्य विद्यालयमा पाठ्यपुस्तक नपुगेर पठनपाठन रोकिएको खबरहरु आइरहेको अवस्थामा रामेछापमा भने किताब आएका विद्यालयहरुमा पनि कम्युटरबाट शिक्षकहरुले पाठ्यभार राखेर भएपनि निरन्तर पठनपाठन भैरहेको उनले बताए ।

 

यसैबीच नगरउपप्रमुख बस्नेतले भने नगरका शिक्षा क्षेत्रमा एकै  खाल्का समस्या रहेको बताइन् । उनले भनिन् मैले सरहरुको कुरा सुने सबै एकै खाल्का समस्या देखियो । अब संचालित विद्यालयको समस्या समाधान गर्नु पर्छ ।  र, कला, व्यवाहारिक ज्ञान, ‘डान्स’ गायन, जस्ता कलात्मक कुराको एक विद्यालय एक शिक्षक व्यवस्था गर्नु पर्ने आजको आवश्यकता देखिएको छ ।’

 

यसले विद्यार्थीहरुलाई फर्वाड बनाउने उनको दाबी छ ।