‘मन्थली नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउछु’–नगरप्रमुख श्रेष्ठ

| जेठ १३, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

१३ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकालाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । साथै उनले नगरका सार्वजनिक स्थानहरुमा धुम्रपान गर्नेको लागि पूर्ण रुपमा रोक लगाउने कार्यको सुरुवात गर्ने बताएका छन् । 

 


शुक्रबार आज सदरमुकाम मन्थलीमा मानवअधिकार संजाल रामेछापले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका बाउने प्रतिबद्धता जनाएका हुन् । संजालका सदस्य समेत रहेका श्रेष्ठलले विगतमा संजालमा हुँदा आफूले उक्त अभियान सुरुवात गरेको भन्दै अब यो अभियानलाई कार्यान्वयन गर्ने बताएका हुन् ।

 

‘हामीले विगतमा यो अभियान चलाएका छौं । अब म, पहिलो नगरसमितिको बैठकमा नै बालश्रम मुक्त नगरबनाउन विषयलाई निर्णय गरेर बालश्रम मुक्त नगरबनाउछु ।’


नवनिर्वाचित प्रमुख श्रेष्ठले बालबालिकाको पहिलो शिक्षाको थलो भनेको घरनै रहेको भन्दै नगरका सार्वजनिक स्थानहरुमा चुरोट खान प्रतिबन्द्ध लगाउने योजना आफूसंग रहेको जानकारी दिए । उनले महिला, बालबालिका, अशक्तहरुको क्षेत्रमा हाल रहेका नीति तथा कानून अनुसार टेकेर सबैलाई समानबाटोमा लिएर हिड्ने प्रतिबद्धता जनाए । 

 

‘भएका कानुनले केही बाधा, व्यवधान गरेका रहेछन् भनेपनि त्यसलाई पनि संशोधन गरेरै भएपनि सबैलाई सहज बनाउनेछौं ।