हेर्नुहोस् रामेछापका सबै प्रमुख, उपप्रमुख र ६४ वटै वडा अध्यक्षहरुको फोन नम्बर (नम्बरसहित)

| जेठ १३, २०७९ शुक्रबार

A A A
A A A

१३ जेठ, रामेछाप । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु दैनिकिमा फर्किन थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधिले पदतथा गोपनियताको सपथ खाएसंगै जिम्मेवारी समालेका छन् ।


मतगणनापछि बिजयी र्याली, मतदातालाई धन्यवाद्, घरदैलो अभियान सकाएर अब नवनिर्वाचित जनप्रतिनिधिहरु वडा, पालिका तथा नगरको दैनिक कार्यमा व्यवस्त हुन थालेका छन् । कार्यालयमा स्वागत, व्यक्तिगत तथा संस्थागत बधाई एवं भेटघाट छिट्फुट् बाहेक अब निर्वाचित सबै जनप्रतिनिधिहरु ‘फिल्ड’मा देखिन थालेका छन् ।

 

संघीय सरकारले नीति तथा कार्याक्रम संसद्मा पेश गरि छलफलको चरणमा पुगिसकेको अवस्थामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यान पनि बजेट निर्माण, आन्तरिक संस्थागत सुधार, प्राविधिक जानकारीमा जुट्न थालेका हुन् ।


बर्खायाम सुरु हुन लागेकाले पनि तल्लो तहका जनप्रतिनिधिहरुलाईले थप सुज्बुजसंग काम गर्नु पर्ने चुनौती छन् । साथै असार मसान्त नजिकिएसंगै वार्षिक योजना सम्पन्न, अनुगमन, बजेट भुक्तानी, नयाँ बजेट निर्माणको लगाएतका काम टड्कारो रुपमा गर्नु पर्ने जिम्मेवारी छ ।



यसरी काम गछौं र जनताको सेवामा तल्लिन छौं भनेर जिल्लाका आठ वटा स्थानीय तहका प्रमुख,अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, ६४ वटा वडामा वडा अध्यक्ष, सदस्यहरु निर्वाचित भएर आएका छन् ।



यसैबीच जिल्ला निर्वाचन कार्यालय रामेछापले भर्खरै सम्पन्न निर्वाचबाट निर्वाचित जनप्रतिनिधिहरु, प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष र वडाअध्यक्षहरुको फोन नंसहित आयोगले जानकारी दिएको छ । 

 

हेर्नुहोस् रामेछापबाट निर्वाचित जप्रतिनिधि प्रमु,उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र ६४ जना वडाअध्यक्षको सम्पर्क नम्बर सहित ।