गाईलाई ओछ्याउने ‘काउ म्याट’ र घाँस टुक्रयाउने मेसिन वितरण

| जेठ १३, २०७९ शुक्रबार

A A A
A A A

१३ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको कृषि उपशाखाले किसानहरुलाई ७० प्रतिशतमा कृष उपकरण वितरण गरेको छ । गाईलाई ओच्छाउने ‘काउ म्याट’ र घाँस टुक्रयाउने मोटर जडित मेसिन किसानलाई  दिएको हो ।



शुक्रबार नगरको पशु सेवा उपाशाखाले वार्षिक कार्यक्रम अन्तर्गत १५ वटा कृषक, व्यवसायिक पशुपालनफार्म, कृषि सहाकारीहरुलाई ७० प्रतिशत अनुदानमा ८० वटा ‘काउ म्याट’ र ६ वटा मोटर ‘जडित च्यापकटर’ नवनिर्वाचित नगरप्रमुख लब श्रेष्ठसहितको उपस्थितिमा वितरण गरिएको नगरका पशु सेवा उपशाखाका प्रमुख मुकुन्द कुमार खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।


उनका अनुसार व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई गाईलाई ओछ्याउनको लागि काउम्याट हस्तान्तरण गरिएको हो । यसले गाईलाई चिसोबाट बचाउन उनले बताए । ३० प्रतिशत किसानहरुको लागत साझेदारीमा विगत देखिनै गाई, बाख्रा, बंगुर, व्यवसायिक खेती गर्नेलाई औजार-उपकरण, बिऊ-बिजन लगाएतका सामाग्री सहयोग गर्दै आएको उपशाखाले पछिल्लो पटक उक्त सामाग्री प्रदान गरेको हो ।



साथै उपशाखा अन्तर्गत नगरका १४ वटै वडामा पशुप्राविधिकहरुको घरदैलो सेवा, उपचार, रोग नियन्त्रणको निम्ति काम तथा सेवा हुदै आएको छ ।




शुक्रबार मोटर जडित ६ वटा मेसिनले गाई वस्तुको लागि आहारको रुपमा प्रयोग हुने घाँसहरुलाई टुक्रयाउन, मसिनो बनाउने उनले बताए ।