बालेन शाह र हर्क साङ्पाङ्को जितको खुसियालीमा रामेछापमा युवाहरुले निकाले राष्ट्रिय झण्डासहित मोटरसाइकल र्याली

| जेठ १४, २०७९ शनिबार

A A A
A A A

१४ जेठ, रामेछाप । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) र धरानमा हर्क साङ्पाङ्ले चुनाव जितेपछि, त्यसको खुसीयालिमा रामेछापमा बिजयी र्याली निस्किएको छ । 

 

शुक्रबार महनगरको अन्तिम मतपरिणाम सार्वजनिक रुपमा घोषणा भएपछि स्वतन्त्र उम्मेद्वार बनेका शाहले गठबन्धनकि उम्मेद्वार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई ठूलो मातान्तरसहित पछि पार्दै चुनाव जितेको खुसियालीमा जिल्ला सदरमुकाम मन्थलीमा यहाँका युवाहरुले शाहको र साङ्पाङ्को पक्षमा राष्ट्रिय  झण्डा, देशभक्त गीतसहित मोटरसाइकल र्याली निकालेका हुन् । 

बालेन र साङ्पाङको फोटोसहित राष्ट्रिय झण्डालाई सम्मान गर्दै बालेन र साङ्पाङ्को पक्षमा नारा समेत लागाएका थिए । मन्थली आकाशेबाट निस्किएका सयौंको संख्यामा शाह र साङपाङ्का समर्थकहरुले मन्थली बजार परिक्रममा गर्दै, सोल्मारीसम्म पुगेका थिए । ‘राजनीति दलहरु होसिएर, नागरिकलाई झुक्याउने दिन गइसके नयाँ युग आइसक्यो, अब पालो युवाको, देश बनाउछन युवाले लगाएका’ नारा लगाएका थिए । 

 

अब देश युवाको हातमा जानु पर्ने र पालो युवाको आएको भन्दै देशले हजारौं बालेनहरुको खोजी गर्न थालेको युवा सुहन सुवेदीले रामेछाप टाइम्ससंग भने । उनले रामेछापमा पनि बालेन र हर्क जस्ता युवाहरु जन्मिन समय नलाग्ने भन्दै राजनीतिक दलहरु सचेत हुनु पर्ने र आफूलाई सच्चाउनु पर्ने बेला आइसकेको बताए । उनले निर्वाचित भएका रामेछापसहित देशैभरीका राजनीतिक दलका जनप्रतिनिधिले राम्रो काम नगरेमा, जनअपेक्षाकृत कामहरु नभएमा आगामी दिनमा सयौं बालेनहरु जन्मिने बताए । 

 

आफूहरुको यो खुसीयाली काठमाडौंका मतदातालाई धन्यवाद् दिनको लागि पनि मुख्य रहेको उनले उल्लेख गरे । महानगरबासीले युवालाई विश्वास गर्नु परिवर्तनको संकेत भएको उनले दाबी गरे ।