गणतन्त्र दिवसको अवसरमा रामेछापमा २३ जनाले पाए आममाफी

| जेठ १५, २०७९ आइतबार

सांकेतिक तस्विर ।
A A A
A A A

१५ जेठ, रामेछाप । १५ औं गणतन्त्र दिवसको अवसर पारेर राष्टपति विद्यादेवी भण्डारीले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुको आचरणमा आएको सुधारको आधारमा गरेको आममाफि मिनाहामा रामेछापका २३ जना जेल मुक्त भएका छन् । 

 


शनिबार १५ औं गणतन्त्र दिवसको अवसर परेर सरकारको सिफारिसमा विभिन्न अपराधिक घटनामा जेल सजाय भोग्दै आएका ८३४ जना कैदीको कैद सजाय मिनाहा हुदाँ रामेछापमा एक जना महिला सहित २३ जनाले आम माफि पाएको जिल्ला कारागार रामेछाप स्रोतले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

आफ्नै श्रीमानको हत्या गरेर जेल सजाय भोग्दै आएकी रामेछापकी एक महिलासहित कर्तव्य ज्यानका २१ जना र दुई जना सवारी ज्यान मुद्दामा कैदा भुक्तान गर्दै आएका उनीहरुले सरकारबाट आम माफि पाएका हुन् ।

 

१६ वर्ष जेल सजाय तोकिएकी ती महिलाले ८ वर्ष बिताएकी थिइन् । जेल मुक्त हुनेमा रामेछापसहित उदयपुर, गुल्मी, सुनसरी, सिन्धुली, सिन्धुपाल्चोक, धनुषा, खोटाङ्लगाएत जिल्लाका रहेको कारागार स्रोतले रामेछाप टाइम्ससंग बतायो । 

 

जिल्ला स्रोत भन्छ ‘३३ जनाको नाम सिफारिस भएको थियो २३ जनाको आम माफि भएर आएको हो । उनीहरुको आचरणमा आएको सुधारकै आधारमा माफि भएको हो ।’