लिखु तामाकोशी गाउँपालिकामा गाउँकार्यपालिकाले पूर्णता पायोः गठबन्धनको प्यानलै बिजयी

| जेठ १५, २०७९ आइतबार

A A A
A A A

१५ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको, गाउँकार्यपालिका समिति गठनमा गठबन्धनको प्यानलै बिजयी भएको छ । गत वैशाख ३० गते निर्वाचित पालिका अध्यक्ष र उपाध्यक्ष बाहेक आज कार्यसमिति गठन गर्न गठबन्धन भएको त्यहाँ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच तालमेल भएको थियो । 

 

लिखु तामाकोशीमा पालिकामा अध्यक्ष नेपाली कांग्रेसबाट केशव महत बिजयी भएका छन्, भने उपाध्यक्षमा एमालेकी दीपा पाख्रिन बिजयी भएकी छन् । कूल ३७ भोट रहेको गाउँकार्यपालिका गठनमाको मतदानमा गठबन्धनले २० भोट पाउदै बिजयी भएको हो । 

त्यस्तै पराजित नेकपा एमाले १७ को भोट रहेको थियो । गठबन्धन भएको गाउकार्यपालिका गठनमा माओवादी केन्द्रबाट ४ जना बलबहादुर सार्की, ईन्द्रमयाँ श्रेष्ठ, चन्द्रकुमारी बिक र कल्पना पाण्डे परे भने । दुई जना सदस्य पाएको नेपाली कांग्रेसबाट रामबहादुर सुनुवार र सरिता नेपाली परेका हुन् ।

 


मतगणनापछि निर्वाचित भएका उनीहरुलाई पालिका अध्यक्ष महतले पदतथा गोपनियताको सपथ खुवाएको पालिका अध्यक्ष महतले रामेछाप टाइम्सलाई जानकारी दिए । निर्वाचित उनीहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको छ ।  योसंगै त्यहाँको कार्यपालिकाले पूर्णता पाएको छ । 

 

कार्यपालिका बैठक कहिले बस्ने भन्ने प्रश्नमा त्यसबारे छलफल भैरहेको बताए । यसअगाडि दोरम्बा शैलुङ् गाउँपालिकाको गाउँकार्यपालिकाले पूर्णता पाइसकेको छ ।