मन्थली नगरकार्यसमितिमा एमाले र माओवादीको गठबन्धन प्यानलै बिजयी

| जेठ १५, २०७९ आइतबार

A A A
A A A

१५ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको नगरकार्यपालिकाले पूर्णता पाएको छ । जसको लागि आज भएको मतदानमा गठनधनको प्यानलै बिजयी भएको छ ।

 

नगर कार्यपालिका गठनको लागि यहाँ नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

 

जिल्ला सदरमुकाम समेत रहेको नगरमा नेकपा माओवादी केन्द्रका दुई जना गणेश माझी र उद्दव रम्तेल कार्यपालिका सदस्य बनेका हुन् ।

 

 

त्यस्तै नेकपा एमालेबाट राधा कार्की, मुना कार्की, उर्मीला बुढाथोकी, मानबहादुर बि‍क, कुमारी सार्की, उर्मिला बुढाथोकी, मनु कामी नगर सदस्य बनेका हुन् ।