रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाः कार्यपालिका गठनमा कांग्रेस एक्लैको बहुमत

| जेठ १५, २०७९ आइतबार

गोकुलगंगा गाउँपालिकाका कार्यपालिका सदस्यहरु ।
A A A
A A A

१५ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले नगरकार्यपालिका तथा गाउँकार्यपालिकामा बहुमतको सरकार गठन गरेको छ । यी दुई स्थानीय तहमा नेपाली कांग्रेसको मात्रै बहुमतसहित कार्यपालिका गठन भएका हुन् ।

 

आज आइतबार जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा नगरप्रमुख लवश्री न्यौपाने र उपप्रमुखमा बालाकुमार कार्कीले नेपाली कांग्रेसबाट निर्वाचित भएकाहरुबाट नगरकार्यपालिकालाई पूर्णता दिएका हुन् । त्यहाँ रहेका ९ वटा वडामा २ वटा माओवादीले बाहेक सबै वडामा कांग्रेस बिजयी भएको थियो । 

 


यता गोकुलगंगा गाउँपालिकामा पनि दुई वटा वडामा नेकपा एमालेले जितेको थियो, भने बाँकि सबै वडामा कांग्रेस बियजी भएको थियो । सो पालिकामा नेपाली कांग्रेसको भातृ संस्था तरुण दल रामेछापका जिल्ला अध्यक्ष समेत रहेका काजीबहादुर खड्का दिनेश र उपध्यक्ष उषा कार्कीसहित बहुमत वडा जितेको थियो । पालिकाको कार्यपालिका सदस्यमा कैलाश सुनुवार, मोहन माया सुनुवार, दिर्गा माया खत्री, ज्ञान कुमारी थापामगर, मैना खड्का र संगिता बि‍क रहेका छन् । 

 

आज पालिकामा गठन भएको गाउँकार्यपालिकामा नेपाली कांग्रेसको निर्विरोध कार्यपालिका गठन सकिएको फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए ।