उमाकुण्ड गाउँपालिकाः गाउँकार्यपालिका गठनमा माओवादीको अन्तिममा ‘मुड्चेन्ज्’ कांग्रेसलाई धोका, तीन सिट पायो

| जेठ १५, २०७९ आइतबार

उमाकुण्ड गाउँकार्यपालिकाको कार्यालय प्रिती,रामेछाप, फाइल फोटो ।
A A A
A A A

१५ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउपालिकाको गाउकार्यपालिकामा गठबन्धनको प्यानल बिजयी भएको छ । 

 

त्यहाँ नेकपा एमाले र माओवादी केन्द्रबीच कार्यपालिका गठनमा तालमेल भएको थियो । नेपाली काग्रेससंग तालमेल गर्ने सहमति गरेको माओवादी केन्द्रले अन्तिममा एमालेसंग तालमेल गरेको थियो । गाउँकार्यपालिका गठन गर्न निर्धारित समयमा उम्मेद्वारी दर्ता गर्न नसकेको माओवादी केन्द्रको नेपाली कांग्रेससंग तालमेल गर्ने मौखिक सहमति भएपछि उम्मेद्वारी दर्ता गराएको कांग्रेसलाई माओवादी केन्द्रले अन्तिममा धोका दिएको स्रोत बताउछ ।  


 

पालिका अध्यक्ष एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकि सावित्री सुनुवार रहेको त्यहाँ एक वडा कांग्रेस र दुई वडा माओवादी केन्द्रले बाहेक सबै वडा एमालेले जितेको थियो ।आज गाउँकार्यपालिका गठन गर्दै एमालेबाट हेमन्त कुमार सुनुवार, मनिता सुनुवार, सुन्तली बिक सदस्य बनेका हुन् । त्यहाँ एमाले र माओवादी केन्द्रले ३-३ सिटमा भागबण्डा मिलाएका हुन् । 

 

त्यस्तै माओवादी केन्द्रबाट त्यहाँ मेलिना बस्नेत, करुणा खाती र आङ गेली शेर्पा कार्यपालिका सदस्य बनेका छन् । यसरी माओवादीले अन्तिममा ‘मुड्चेन्ज’ गर्दा कांग्रेस कार्यपालिकाबाट बाहिर बस्न बाध्य बनेको छ ।

 

निर्वाचित एमाले र माओवादीका गाउँकार्यपालिका सदस्यहरुलाई  पालिका अध्यक्ष सुनुवारले सपथ खुवाएका छन्, साथै प्रमाणपत्र पनि प्रदान गरिएको छ ।