निर्वाचित जनप्रनिधि र कर्मचारीले ‘मुस्कान सहितको सेवा’ प्रदान गर्नु पर्ने दोरम्बा शैलुङ् गाउँपालिकाको पहिलो निर्णय

| जेठ १६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१६ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले ‘मुस्कान सहितको सेवा’ प्रदान गर्ने निर्णय गरेको छ । 

 

आज सोमबार बसेको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले जनप्रतिनिधिहरु भोट माग्नको लागि आउदाँ खुसी भएर आउने तर निर्वाचित भएपछि दिने सेवामा त्यसको बिपरित हुने भन्दै बैठकले निर्वाचित सबै जनप्रतिनिधिले पालिका भरि ‘मुस्कान सहितको सेवा’ दिनु पर्ने निर्णय गरेको पालिका अध्यक्ष मैनकुमार मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘भोट माग्न आउदाँ जुनतारा झार्दीने सपना बाँड्ने तर, निर्वाचित भएपछि मैराजा, महाराजा हुँ भन्ने घमण्ड जनप्रतिनिधिमा हुने गुनासो ठाउँ ठाउँमा विगतमा पनि सुनिययो त्यसलाई मध्यनजर गरेर अब पालिकाभरी मुस्कानसहितको सेवा दिने निर्णय गरेका हौं मोक्तानले भने ।’

 

उनका अनुसार पालिकाभित्र जनप्रतिनिधिसहित कर्मचारीलाई पनि सोही नियम लागू हुने छ । 

 

त्यस्तै बैठकले कर्मचारीहरुले अनिवार्य पोसाक लागउनु पर्ने,  नियमित कार्यालय आउनु पर्ने र कर्मचारीको हकमा लागू हुने सबै नियम पूर्णरुपमा पालना गर्नु पर्ने पनि निर्णय गरेको हो ।