आइतबार बिदा नदिने दोरम्बा शैलुङ् गाउँपालिकाको निर्णय

| जेठ १६, २०७९ सोमबार

A A A
A A A

१६ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका आइतबार पनि खुल्ने भएको छ । 

 

सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिन थालेपनि आज सोमबार बसेको कार्यपालिका बैठकले विगतको जस्तै शनिबार बाहेक सबै दिन पालिका भरी सबै खुल्ला गर्ने निर्णय गरेको पालिका अध्यक्ष मैनकुमार मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

‘सरकारको निर्णय कार्यन्वयमा चुनौती देखियो । हामीले आइतबार पहिलेको जस्तै नियमित गर्ने निर्णय गरेका छौं । शनिबार बाहेक आइतबार बिदा हुदैन पालिका अध्यक्ष मोक्तानले रामेछाप टाइम्ससंग भने  ।’

 

सरकारले गत जेठ १ गतेदेखि लागू हुने गरि आइतबार पनि सार्वजनिक विदा दिन थालेको छ । तर, धेरै स्थानीय तहहरुले उक्त निर्णय सहि नभएको भन्दै आइतबार बिदा नदिने निर्णय गर्दै आएका छन् ।