मन्थली नगरपालिकाको नगरकार्यपालिका बैठक भोलीः यस्ता छन् एजेण्डाहरु ?

| जेठ १७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

१७ जेठ, रामेछाप । मन्थली नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको प्रथम तथा नगरकार्यपालिकाको ५९ औं बैठक भोली बुधबारको लागि डाकिएको छ । 

 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठक बुधबार बिहना ११ बजे नगरकार्यपालिकाको हलमा बस्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । 

 

भोली बस्ने बैठकमा ०७४ मा निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षको अबधिमा बसेको नगरकार्यपालिका बैठकको अनुभव सियरिङ् गर्ने, नयाँ समिति गठन गर्ने, आउदो आर्थिक वर्ष २०७९/०८० को योजना तर्जुमा गर्ने लगाएतका एजेण्डाहरु तयार भएको जनाइएको छ ।