संघीय सरकारले पठायो रामेछापलाई झण्डै साँडे ३ अर्ब बजेट, कुन पालिकालाई कति (सूचिसहित)

| जेठ १७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

१७ जेठ, रामेछाप । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि रामेछाप जिल्लामा तीन अर्ब ३८ करोड ४९ लाख ५ हजार पाँच रुपैयाँ बजेट पठाएको छ । संघले सबै भन्दा धेरै जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकालाई बजेट पठाएको छ ।

 

१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको सरकारले जिल्लाका आठ स्थानीय तहलाई बजेट पठाउदै मन्थली नगरपालिकालाई ६८ करोड बजेट छुट्याएको हो ।

 

 

त्यस्तै रामेछाप नगरपालिकालाई ४७ करोड ५२ लाख पठाएको छ । भने, सबै भन्दा कम जिल्लाको उमाकुण्ड गाउँपालिकालाई ३३ करोड ५४ लाख पठाएको बजेट सिट किताबमा उल्लेख छ ।

 

त्यस्तै गोकुलगंगा गाउँपालिका ३६ करोड ५२ लाख, लिखुतामाकोशी गाउँपालिका ३५ करोड ८८ लाख, दोरम्बा शैलुङ् गाउँपालिकाले ३६ करोड ३७ लाख रुपैयाँ बजेट पठाएको उल्लेख छ ।

 

त्यस्तै खाँडादेबी गाउपालिकालाई ४४ करोड ५ हजार, सुनापाति गाउँपालिका ३३ करोड ६६ लाख पठाएको छ ।