लिखु तामाकोशी गाउँपालिकाले निःशूल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने (सूचनासहित)

| जेठ १८, २०७९ बुधबार

A A A
A A A

१८ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले निःशूल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने भएको छ । 

 

 

पालिकाको वार्षिक कार्यक्रम अन्तर्गत पालिकाका युवाहरुलाई सरकारी सेवातर्फ आकर्षित गर्ने उद्देश्यले यही जेठ २४ गतेदेखि सहायक पाँचौं÷सहयाक चौथो तहको कक्षा संचालन गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत नवीन  कुमार साहले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार कम्तिमा ३५ जना पुग्ने गरि गाउँपालिकाका स्थानीयहरुको लागि १ जना महिला, १ जना आदिवासी, जनजाति, मधेसी र दलित १ जना र आर्थिक रुपले विपन्न परिवारलाई लक्षित गरेर कक्षा संचान हुन लागेको हो । 

 


उनले भने ‘खानेबस्ने सुविधा आफैले गर्नु पर्छ, पालिकाले कक्षा संचालन गर्छ, किताब दिन्छ, नोट दिन्छौं । कहाँ पढाउने भन्ने विषयमा आवेदन आएपछि निर्णय हुन्छ ।’

सूचना हेर्नुहोस्