नागरिकका गुनासा सुन्न ‘टोलफ्रि सेवा’ र महिलाहरुको लागि निःशूल्क एम्बुलेन्स संचालन गर्ने मन्थली नगरपालिकाको निर्णय

| जेठ १८, २०७९ बुधबार

सांकेतिक तस्विर ।
A A A
A A A

१८ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले ‘टोलफ्रि’ सेवा संचालन गर्ने भएको छ । 

 

आज बसेको नवनिर्वाचित जनप्रतिनिधिको पहिलो तथा नगरकार्यपालिकाको ५९ औं बैठकले यस्तो निर्णय गरेको नगरपालिका स्रोतले रामेछाप टाइम्सलाई बतायो । ‘नगरपालिका प्रति नागरिकहरुको गुनासोम जिज्ञास सुनेर त्यसप्रति जवाफदेही हुनको लागि संचालन गर्न लागेका हौं । यसको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छौं ।’

 

 

यो निर्णय गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि एवं कार्यपालिका सदस्यहरुको पहिलो निर्णय हो । 

 

 

त्यस्तै बैठले नगरपालिकाभित्रका गर्भवती, सुत्केरी महिलाहरुलाई निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि निर्णय गरेको छ ।