सबै विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यबाट पठनपाठन गर्ने मन्थली नगरपालिकाको निर्णय

| जेठ १८, २०७९ बुधबार

रामेछापको एक विद्यालय भवन । तस्विर फाइल ।
A A A
A A A

१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएको छ । 

 

आज बसेको कार्यपालिका बैठकले नगरपालिका भित्रका सरकारी तथा गैरसरकारी विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

‘अब नगरभित्रका सबै १–५ का विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने, पठनपाठनलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौं भने।’