विद्यालयमा शुद्ध खानेपानी र शिक्षक तत्काल व्यवस्थापन गर्न मन्थली माविलाई नेविसंघ ईकाइको माग

| जेठ १८, २०७९ बुधबार

A A A
A A A

१८ जेठ, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) मन्थली मा‍ .वि प्राविधिक शिक्षालय तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटिई CTVTE) इकाई समितिले शुद्ध पिउने पानी नभएको र पठनपाठन गराउने शिक्षक नभएको भन्दै विद्यालयको ध्यानाकर्षण गरेको छ । 

 

 

नेविसंघले विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दहाललाई बुझाएको ध्यानाकर्षण पत्रमा ‘(इसटिआईएमएटिई Estimate) र (एसयूआरभिईवाई Survey) शिक्षा नहुदाँ विद्यार्थीको पठनपाठनमा समस्या भयो । विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था छैन । यो विषय चाँडै समाधान हुनु पर्यो लेखिएको छ ।’

 


दुई विषयका शिक्षक नहुदाँ विद्यार्थीको पठनपाठनमा असर पुगेको र शुद्ध खानेपानी नहुदाँ समस्या भएको (नेविसंघ) इकाईले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । 

ध्यानाकर्षण पत्र हेर्नुहोस्