आइतबार पनि विद्यालय संचालन गर्न मन्थली नगरपालिकाको निर्देशन

| जेठ १८, २०७९ बुधबार

A A A
A A A

१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुमा आइतबार पनि पठनपाठन गर्ने निर्णय गरेको छ । 

 

बुधबार आज बसेको कार्यपालिका बैठकले नगरभित्र संचालनमा रहेका सबै बिद्यालहरुलाई आइतवार पनि खुला गरी पठन पाठन गराउन सबै विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको हो । योसंगै अब नगरभित्र शनिबार बाहेक सबै दिन पठनपाठन हुने भएको छ । तर, सरकारी तथा कार्यालयहरुको बारेमा भने नगरले केही बोलेको छैन् । 

 

यसअगाडि नगभित्रका विद्यालयका प्रधानाध्यपकहरुको बैठकले आइतबार पनि पठनपाठन गर्न पाउनु पर्ने लिखित माग गरेको थियो । 

 

त्यस्तै बैठकले व्यक्तिगत घटना दर्ता सबै वडा कार्यालयलाई अनलाईनबाट सञ्चालन गर्न र सम्पती कर लगायतका राजश्वहरु वडा कार्यालयबाट संकलन गर्न आवश्यक इन्टरनेट सेवा, सफ्टवयर र दक्ष जनशक्तिको व्यवस्था गर्दै जाने पनि निर्णय गरेको छ ।