रामेछाप नगरपालिकाको प्रवक्तामा समिर कार्की

| जेठ १९, २०७९ बिहिबार

A A A
A A A

१९ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाको सूचना स्रोत व्यक्ति एवं प्रवक्तामा समिर कार्कीले जिम्मेवारी पाएका छन् । 

 

आज बसेको नवजनप्रतिनिधिहरुको प्रथम कार्यपालिका बैठकले वडा नं ७ सुकाजोरमा पुःन दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित कार्कीलाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

 

नगरप्रमुख लवश्री न्यौपानेले कार्कीलाई सूचना स्रोत व्यक्ति एवं प्रवक्ताको लागि नाम प्रस्ताव गरेकोमा कार्यपालिकाले अनुमोदन गरेको हो ।