यस्ता महत्वपूर्ण निर्णय गर्यो रामेछाप नगरकार्यपालिकाले (निर्णयसहित) ?

| जेठ १९, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

१९ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरकार्यपालिकाले आज बिहिबार बसेको बैठकको निर्णय सार्वजनिक गरेको छ । 


गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले विभिन्न विषय गत समिति गठन, नगरसभाको लागि मिति तय गर्ने, नगरपालिकाको वडा नं ७ सुकाजोरमा बन्न लागेको औधोगिक ग्रामको डिपिआर प्रस्वाव स्विकृत गर्ने, सेलेघाट–साँघटार सडकको बैकल्पिक सडकको रुपमा सडक निर्माणको लागि मानेडाँडा–कोटोल हुदै पालेबन सम्मको लागि बैकल्पिक सडक निर्माण गर्न नयाँ गोर्ख गण रामेछापसंग समन्वय गर्ने, नगर प्रवक्ताको जिम्मेवारीमा समिर कार्कीलाई मनोनित गर्ने, र बालमैत्री स्थानीय तह निर्माणको लागि कार्यान्यव पत्रमा  प्रतिद्धता जनाउने लगाएका निर्णय गरेको उल्लेख छ । 

 

यो नगरपालिका नेपाली कांग्रेसको बहुमत रहेको नगरपालिका हो ।

हेर्नुहोस् नगरकार्यपालिकाले गरेका निर्णयहरु ।