योजना बोकेर जनप्रतिनिधि देखि राजनीतिक नेतालाई प्रदेश धाउन भ्याई–नभ्याई

| जेठ २०, २०७९ शुक्रबार

तस्विर स्रोत सम्बन्धित पार्टीका नेताहरुको फेस्बुकबाट साभार ।
A A A
A A A

२० जेठ, रामेछाप । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु योजना बोकेर प्रदेश धाउन थालेका छन् । आउँदो असार १० मा नयाँ बजेट् ल्याउने चटारो र जनता सामू भोट माग्न जाँदा गरेका बाचा पूरा गर्न बजेट् अभावको चपेटो खेप्न नपरोस् भनि यति बेला जिल्लाका अधिकांश जनप्रतिनिधिहरु प्रदेश राजधानी हेटौंडा दौडिन् भ्याईन–भ्याई छ । अझ प्रदेशमा गठबन्धन निटकका जनप्रतिनिधिहरु रातारात हेटौंडा पुग्न थालेका छन् । 

 

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरीरहेको अवस्था र संसद्मा छलफलको चरणमा गएको तत्कालिन परिस्थितिलाई मध्य नजर गरेर जिल्लाका पालिकाका अध्यक्ष/प्रमुख,उपाध्यक्ष/उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु सहित राजनतीतिक दलका नेता कार्यकर्ताहरु पनि योजना बोकेरै मन्त्रालय र मन्त्रीहरुलाई भेट्न पुग्ने संख्या बक्लो छ । 

 

निर्वाचित भएर सपथ ग्रहण गरेको पर्सी पल्टै ‘पालिकाको समृद्धिको लागि यहाँको स्रोत साधनले मात्रै नपुग्ने देखेर योजनासहित प्रदेश मन्त्रालयमा पालिकाका म, उपप्रमुख गीता विष्ट र प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठसंगै मन्त्रालयमै पुगेर हाम्रो टिमले योजना, भिजन र बजेट अभावको बारेमा मन्त्री ज्यूललाई भेटेर छलफल गरेका छौं । उहाँहरुबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ, सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ्ले रामेछाप टाइम्ससंग भने ।’ 

 


१३ जिल्ला रहेको बागमती प्रदेशमा संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि २० अर्ब ३२ करोड बजेट पठाएको छ । भर्खरै चुनाव जितेको जोश नसकिदै काम गर्ने हौसला जनप्रतिनिधिमा देखिनु नौलो कुरा भने हैन । 

 

यसरी गठबन्धनको सरकार रहेको प्रदेशमा मुख्य मन्त्रीमा पूर्वसहमती अनुसार ६–६ महिना कार्यकाल चलाउने निर्णयलाई कार्यान्वय गर्दै प्रदेशका मुख्य मन्त्री हेरफेर हुने लागेको छ । नेपाली कांग्रेसले पाउन लागेको प्रदेश मुख्य मन्त्रीको मौका छोपेर कांग्रेसबाट पालिका अध्यक्ष जितेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको टिम पनि मंगलबार हेटौंडा पुगका छन् । ‘पालिकाको समृद्धिको लागि आवश्य स्रोत पालिकाले मात्रै पुग्दैन । त्यसैको म्यानेजको लागि प्रदेशबाट पनि केही पार्न सकिन्छ कि ? भनेर योजना सहित हामी जाँदैछौं अध्यक्ष महतले रामेछाप टाइम्ससंग भने ।’ 

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष महत, कांग्रेस नेताहरु एकिकृत समाजवादीका नेताहरुसंग हेटौंडामा । 

प्रदेशका मन्त्रीहरुलाई पनि नवनिर्वाचि जनप्रतिनिधिहरुसंग भेटघाट गर्ने मौका, बधाई दिने अवसर र तत्लो तहको संगठनको अवस्था बुज्ने अवसर पाउँदा छलफलको लागि समय छुट्याउन नहिच्किचाउने स्रोतको दाबी छ । ‘नजिकिदो प्रदेश र संघीय चुवानको लागि यसले तत्लो तहमा आफ्नो पकड राम्रो देखाउने मौका पनि हुने रहेछ । त्यसैले भेटको लागि सहजै समय पाइदो रहेछ । तर, कार्यव्यस्तता सबैको भैइहाल्छ त्यसका बाबजुत् भेट हुन्छ, स्रोत भन्छ ।’ 

 


त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टी (एस) रामेछापका सचिव लालसिंह घिसिङ पनि पार्टीका प्रदेश कमिटी सद्स्य रमेशबाबु श्रेष्ठसहित मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई भेट्न उनको कार्यकक्ष नै पुगे । जिल्ला कमिटीका पदाधिकारीसहित हेटौंडा पटक–पटक धाउदै आएको (एस) जिल्ला पार्टीले यसअगाडि पनि प्रदेश र संघीय सरकारको तर्फबाट बजेट तथा सामाग्री ल्याई सकेको अवस्था छ । उसले मन्थली अस्पतालको लागि स्वास्थ्य सामाग्री, मन्थली नगरपालिकाको विकासको लागि सहरी विकास मन्त्रालयबाट ठूलो बजेटनै पारेको थियो । 

एकिकृत समाजवादी पार्टीका नेताहरु प्रदेश मुख्य मन्त्री राजेन्द्र पाण्डे र मन्त्री बसुन्धरा हुमगाईको कार्यक्षमा । 

जिल्लाको विकासको लागि बजेट बिना सम्भवन नभएको भन्दै दीर्घकालिन र ठूला योजना बोकेरै नेताहरु प्रदेश पुग्ने गरेका हुन् । 

 

त्यस्तै पछिल्लो पटक बुधबार नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं जनजाती महासंघका केन्द्रिय अध्यक्ष गेल्जे लामा शेर्पाको टिमले प्रदेशका विभिन्न मन्त्रालय पुगेरै योजना सहितको बजेट माग गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका प्रितीका शेर्पा एक उद्यमी पनि हुन् । 

नेपाली कांग्रेसका केन्द्रिय महाधिवेश प्रतिनिधि गेल्जे लामासहित नेताहरु प्रदेशका राजेन्द्र बाँनियाँसंग । 

उनले पालिकाको वडा नं १,२,३ हुदै समग्र पालिकाका सडकलाई आवश्यक उन्नतीको लागि भन्दै बजेट माग गरेका हुन् । लामासहितको टिमले छुट्टा छुट्टै योजनासहित बजेट उल्लेख गरेर बजेट व्यवस्थापन गरिदिन माग गरेको जनाएका छन् । 

बजेट माग गरिएका योजनाहरु 

त्यस्तै नेकपा माओवादी केन्द्रका उमाकुण्ड गाउँपालिका नेता अनन्त खड्का सहितको टिम पनि बिहिबार प्रदेश राजधानी पुगेर अर्थ तथा योजना मामिला मन्त्री शालिग्राम जमर कट्टेलसहित विभिन्न मन्त्रालयका मन्त्रीहरुसंग कर्यकक्षमै पुगेर उमाकुण्ड गाउँपालिकाको विकास र आगामी बजेटको विषयमा छलफल गरेको खड्काले जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका नेताहरुसंग प्रदेशका आर्थिक योजना मन्त्री शालिक ग्राम जमर कट्टेल ।