खाँडादेवी गाउँपालिकालाई बजेटको सहि सदुपयोग गर्न नेता थोकरको आग्रह

| जेठ २०, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

२० जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला उपसभापति एवं खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदका पराजित उम्मेद्वार नवराज थोकरले बजेटको सहि सदुपयोग गर्न माग गरेका छन् ।

 

उनी लेख्छन् ‘विकासको नाममा सस्तो लोकप्रियताको लागि बजेटको गलत प्रयोग नहोस् । सबै वडा, सबै जनतालाई समान प्रकारको व्यबहार गरियोस् ।’

 

शुक्रबार सामाजिक संजालमा आफ्नो धारणा सार्वजिक गर्दै उपसभापति थोकरले बजेटको सहित सदुपयोग गर्न गाउँपालिकालाई सचेत गरेका हुन् । 

 

उनले आगामी आर्थिक वर्ष २०७९÷०८० अन्तर्गत संघीय सरकारले ४४ करोड ५ हजार बजेट पठाएको उल्लेख गर्दै बजेटको सहि ठाउँमा सबै जनताले अनुभव गर्ने गरि प्रयोग गर्न आग्रह गरेका हुन् । थोकरले ०७४ सालमा निर्वाचित त्यहाँका जनप्रतिनिधिले कस्तो काम गरेका थिए अबगतनै छ भनेका छन् । 

 

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा उम्मेद्वारको बनेका थोकर एमालेका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठसंग पराजित भएका थिए ।