रामेछापको मन्थलीमा एक हप्ते उद्यम विकास तालिम सुरु

| जेठ २०, २०७९ शुक्रबार

A A A
A A A

२० जेठ, रामेछाप । रामेछापको मन्थलीमा महिला उद्याम विकास तालिम सुरु भएको छ । यो तालिमबाट उद्यामी बन्न इच्छुकहरुको लागि निकै लाभदायिक रहेको आयोजको दाबी छ । 

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र मार्फत शुक्रबार आज जेठ २० गतेदेखि २६ गते बिहिबारसम्म संचालन हुने तालिममा जिल्ला भित्र उद्यम गर्न चहानेहरुलाई सिपसंगै, व्यवसायीक ज्ञान, प्रोत्साहन गर्ने रामेछाप उद्योग वाणिज्य संघ रामेछापका कार्यकारी अधिकृत नवीन घिमिरेले बताए । 


तालिममा कृषि, पशुपालन, होटल व्यवसायसहित साना उद्योगहरुको स्थापना तथा उद्यमी बन्न सहजिकरण गर्ने मुख्य उद्देश्य रहेको उनको भनाई छ । 


त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका उपसचिव अमित आचार्यले स्थानीय स्तरमा साना तथा घरेलु उद्योगहरुको विकास, विस्तार र संचालनमा टेवा पुर्याउन तालिम निकै फलदाइ हुने बताए । उनले ‘सक्रियताका साथ सहभागिता जनाउनुहोला । सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्ने र गरिरहेका साथिहरुले अरुलाई पनि गराउने तर्फ केन्द्रित हुनु पर्यो भने ।’ 

 

त्यस्तै घरेलु तथा उद्योग कार्यालय मन्थलीका प्रमुख सुबोध‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ कुमार साह कर्मयोगीले जिल्लामा साना तथा घरेलु उद्योगीहरुलाई प्रत्साहन तथा उत्सहाको लागि तालिम महत्पूर्ण रहेको उल्लेख गरे । स्थानीय नयाँ जनप्रतिनिधिहरु आएको उल्लेख गर्दै उनले स्थानीय सरकारले साना तथा घरेलु उद्योगहरुलाई थप प्रर्वद्धन गर्नु पर्नेमा जोड् दिए । त्यसको लागि आफूहरु समन्वय गर्न तयार रहेक उनको भनाई छ । 

 

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायतले जिल्लामा साना उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन र क्षमता विकासको आभव रहेको भन्दै माथिल्लो निकायले सो कुरालाई ध्यान दिन आग्रह गरे । उनले उक्त तालिम संचालन गर्न रामेछाप उद्योग वाणिज्य संघले घरेलु तथा उद्योग मन्थलीसंग सधै समन्वय गरिरहेको भन्दै आगामी दिनमा पनि व्यवसायीहरुको हितमा लागि पर्ने प्रतिबद्धता जनाए । 

 


तालिममा सहभागीहरुलाई कसरी उद्यामी बन्ने, बनिरहेकाहरुलाई कानूनी स्पष्टोक्ति, सामाजिक, व्यवसायी ज्ञानको बारेमा जानकारी गराउने आयोकले जनाएको छ । जिल्लाका उद्यामी, व्यवसायी महिला तथा पुरुषहरु गरि ३५ जना सहभागी तालिममा लेबलिङ, प्याकेजिङ, लेखा व्यवस्थापकिय ज्ञान समेतको तालिम दिइने आयोजले जनाएको छ । 

 

नेपाल रेड्क्रम शोसाइटी जिल्ला शाखा रामेछापको हलमा संचालित तालिममा उद्यामी बन्नेहरुको लागि निकै महत्वपूर्ण रहेको आयोजक घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको दाबी छ ।