स्थानीय तहको २०७७-७८ स्वमूल्याङकन्ः मन्थली नगरपालिका प्रथम, सुनापति दोस्रो, लिखु तामाकोशी सबै भन्दा कम्जोर

लिखु तामाकोशी गाउँपालिका सबै भन्दा कम्जोर

| जेठ २१, २०७९ शनिबार

A A A
A A A

२१ जेठ, रामेछाप । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा आठ वटा स्थानीय तह रहेको रामेछापमा मन्थली नगरपालिका उत्कृष्ठ बनेको । यो नगरपालिकाले ६५.२५ अंक ल्याउदै जिल्लाकै उत्कृष्ठ स्थान हाँसिल गरेको हो । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक चालु आर्थिक वर्ष २०७७–७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाले राम्रो काम गर्दै पहिलो स्थानमा राखेको छ । 

 

त्यस्तै ६५ अंक ल्याउँदै सुनापति गाउँपालिका दोस्रो बनेको छ भने ६० अंक ल्याएर रामेछाप नगरपालिका तेस्रो भएको छ । 

 

त्यस्तै ५१.७५ अंक पाउदै खाँडादेवी गाउँपालिका चौथौ बन्न सफल भएको छ । यता गोकुलगंगा गाउँपालिका ४८ अंकका साथ पाँचौ स्थानमा आफूलाई राख्न सफल भएको छ ।  


उता उमाकुण्ड गाउँपालिकाले ४४.२५ अंक ल्याएर छैठौं बनेको छ । दोरम्बा शैलुङ गाउँपालिकाले ३४.२५ अंक पाएर सातौँ स्थानमा परेको छ । भने १६.५ अंक पाएर लिखु तामाकोशी गाउँपालिका अन्तिममा परेको छ । बितेको ५ वर्षमा जिल्लाकै सबै भन्दा आलोचित र विवादिद् बनेको यो पालिकाले १६.५ अंक पाएको हो । यो पालिका सबै भन्दा कम्जोर तथ्याङ्ले देखाएको छ । 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक बर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण लगायतका विषयमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरेको छ । सोहि आधारमा अघिल्लो वर्षको कामको मूल्याङ्कनको आधारमा मन्थली नगर प्रथम भएको तथ्याङ्कले देखाउछन । 

 

तत्कालिन समय माओवादी र एमाले मिलेर बनेको (नेकपा)  एमालेका नेता रहेको रमेशकुमार बस्नेत नगरपालिका प्रमुख  र उपप्रमुख मायाँकुमार कार्कीले नेतृत्व गरेको मन्थली नगरपालिकाले राम्रो कार्यसम्पादन गरेको हो । नेकपा फुटेर एकिकृत समाजवादी बनेपछि एसमा गएका बस्नेतले गरेको नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउने गरेका थिए । उनीहरु दुवै जना नगरबाट ५ वर्षे कार्यकाल सकेर बिदा भएका छन् ।

 

शुसासन र बरुजुकम गर्न सफल भएकोमा यसअगाडि रामेछाप नगरपालिका बागमती प्रदेशकै उत्कृष्ठ नगरपालिका घोषित भएको थियो ।