दोरम्बामा घरमुनीबाट लडेर एकको मृत्यु

| जेठ २१, २०७९ शनिबार

सांकेतिक तस्विर ।
A A A
A A A

२१ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका घरमुनीको भिरबाट लडेर एक जनाको ज्यान गएको छ । 

 

 

गत शुक्रबार साझ करिब ७ बजेको समयमा पालिकाको वडा नं २ दोरम्बाको भडारे बस्ने ६० वर्षीय शेरबहादुर पहरी उनकै घरमुनी रहेको भिरबाट लडेर घाइते भएका थिए ।

 

 

घाइते भएका पहरीलाई  प्रहरी चौकी दोरम्बाबाट पुगेको प्रहरीसहित स्थानीयले उद्दार गरि उपचारको लागी दोरम्बा अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।