मिल्ती ४ जनाको ‘ग्याङ्’ बनेर मोटरसाइकलमा आइ कुट्पिट् गरि सुन र एक लाख लुटपाट्ः एक जना पक्राउ, ट्रक चालक र धनी गम्भीर घाइते

| जेठ २१, २०७९ शनिबार

A A A
A A A

२१ जेठ, रामेछाप । ‘ग्याङ्’ बनेर मोटरसाइकलमा आएर कुट्पिट् गरि लुटपाट् गर्ने एक जना  पक्राउ परेका छन् भने कुट्पिटबाट दुई जना गम्भीर घाइते भएका छन् ।


गत बुधबार मन्थली नगरपालिका वडा नं १३ मिल्तीखोला मा २ वटा मोटरसाइकलमा ४ जना केटाहरुले दोलखाबाट बिरगञ्जतर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख १५०० नम्बरको ट्रकलाई  रोकी ट्रक चालक दोलखाको बिगु गाउपालिका वडा नं २ वराङ ३० वर्षीय दलबहादर तामाङ र सोहीट्रक धनि दोलखा भिमेश्वर नगरपालिका वडा नं ४ जिलु बस्ने ३५ वर्षीय विनोद बस्नेतलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनीहरुलाई कुटपिट् गरि ट्रक धनिको घाँटीमा लगाएको २ तोला सुनको सिक्री र नगद  एक लाख रुपैयाँ चार जनाले लुटेर फरार भएका हुन् । उनीहरु लुटेर भागेको खबर पाएपछि खटिएको टोलीले घाइते ट्रक चालक र धनिलाई उद्दार गरि उपचारको लागि धुलिखेल पठाएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 


उक्त घटनामा संलग्न रहेका दोलखाको मेलुङ गाउँपालिका वडा नं ४ बस्ने २८ वर्षीय सफन गोलेलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ परेका गोलेमाथि जिल्ला अदालत रामेछापबाट ज्यान मार्ने उधोगमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा संलग्न फरारहरुको खोजी भैरहेको ढकालले बताए ।