बिना भ्याट बिल ल्याएको ४० बोरा मलसहित गाडी रामेछाप प्रहरीको नियन्त्रणमा

| जेठ २१, २०७९ शनिबार

सांकेतिक तस्विर ।
A A A
A A A

२१ जेठ, रामेछाप । बिना भ्याट बिल दोलखा तर्फ लैजादै गरेको मल रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


शुक्रबार मन्थली नगरपालिका वडा नं १ भैसेश्वर चोकमा चेकजाँच गर्दा बर्दिबासबाट दोलखातर्फ जांदै गरेको बा १० च २१४ नम्बरको टाटा गाडीमा बिना भ्याट बिलको ४० बोरा युरिया मल भेटिएछि मल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

 


नियन्त्रणमा लिएको मलसहितको गाडीमाथि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।