नीति र विधिभित्र रहेर गर्ने कामको लागि सधै तयार र्छौं-नगरप्रमुख श्रेष्ठ

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले नीति र बिधि अनुसार गर्ने कामको लागि आफूहरु सधै तयार रहेको बताएका छन् । सबैसंग समन्वय गरेर आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउने उनको भनाई छ ।

 

जिल्ला सदरमुकाम मन्थलीमा आइतबार आज नवनिर्वाचित आठ वटै स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले विधि र नीतिभित्र रहेर गर्न सकिने कामको लागि आफूहरु सधै तयार रहेको बताएका हुन् । उनले अधिकार खोज्दै गर्दा कर्तव्य पनि भूल्न नहुने बताए  ।

 


समृद्ध मन्थली नगरपालिका बनाउनको लागि आगामी बजेट निर्माणको चरणमा रहेकाले सुझाव संकलन हुने क्रममा रहेकाले सुझाव दिन र काम गर्दै जाँदा गल्ति भए सुधार्ने मौका र सुझाव दिन आग्रह गरे ।