रामेछाप जिल्लाका सबै स्थानीय तहले उत्पादन वृद्धि गर्न सक्नु पर्छ- नगरप्रमुख न्यौपाने

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानले स्थानीय उत्पादन वृद्धि गर्नु पर्नेमा जोड् दिएका छन् । उनले उद्योगहरुले कच्चापदार्थदेखि सामान खरिद् र बिक्री गर्न सहज वातावरण बनाउनु पर्छ भने । निजी क्षेत्रले योजना बनाउँदा स्थानीय सरकारसंग समन्वय गर्न न्यौपानेको आग्रह छ । 

 

आइतबार नवनिर्वाचित आठ वटै स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानले उत्पादन वृद्धि गरि छिटोछरितो तरिकाले स्थानीय तहमा उत्पादन भएका वस्तुहरुको बजारिकरणको गर्ने वातावरण बनाउन सहजिकरण गर्ने प्रतिबद्धता जनाए । बाजारीकरणको लागि समस्या भएमा स्थानीय तहमा समन्वय गररे अगाडि बढ्ने छौं ।

 
उनले जिल्लामा पत्रकारहरुको मानहानी नगर्न पनि सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । पत्रकारले राखेको गुनासोको सम्बोधन गर्दै न्यौपानले जिलाका सबै स्थानीय तहकासाथिहरुलाई ‘म आग्रह गर्न चाहान्छु, कर्मचारीले सिधै सूचनाहरु राष्ट्रिय मिडियामा पठाउने गरेको सुनिन्छ त्यो हुनु राम्रो हैन यहाँका पत्रकार मार्फज जानु पर्छ त्यसले पत्रकारीता व्यवसायलाई फस्टाउन सहयोग गर्छ । कर्मचारीले आफूखुसी गरेको देखिएमा त्यसलाई आगामी दिनमा रोक्नु पर्छ ।’

 
उनले जिल्ला मासूमा आत्म निर्भता भएको उल्लेख गर्दै फलफूल, गेडागुडीमा पनि आत्म निर्भर हुने दाबी गरे । यी उत्पादन वृद्धि गर्न उद्योग वाणिज्य संघले भूमिका खेल्नु पर्छ ।’