खाँडादेवी गाउँपालिकालाई सिचित् र हरियाली बनाउन भटौली खोलामा ड्याम बनाउने योजना छ-अध्यक्ष श्रेष्ठ

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आउदो ५ वर्षपछि पालिकाबाट बिदा हुदै गर्दा आफू के गरे भनेर मूल्याङ्कन गर्ने कुराले आफूलाई अहिलेदेखिनै झस्काउन थालेको बताएका छन् । स्थानीय उत्पादनलाई बढाउनु पर्ने उनको भनाई छ ।

 

 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्रेष्ठले बाहिरबाट आयात गरेको बस्तुमा बिलासी जिवन बिताइरहेको भन्दै अब त्यो परिपार्टीको अन्त्य हुनु पर्नेमा जोड् दिए ।

 

उनले उत्पादनसंग जोड्न, गाउँपालिकालाई सिंचित गर्नको लागि भटौली खोलालाई ड्याम बनाएर हरियाली बाउने योजना सुनाए । आफू व्यवस्थापनको विद्यार्थी भएको स्मरण गराउदै गाउँपालिकामा सबै कुरामा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

 

उनले आफू सबै क्षेत्र, संघसंस्था, सहकारीहरुसंग समन्वय गरेर जाने पक्षमा रहेको उल्लेख गर्दै ठूला र उत्पादनशिल क्षेत्रमा काम गर्ने योजना लिएर आउन आह्वन गरे । उनले उत्पादन गर्न लगानी गर्ने रोक्ने कानूनलाई पनि शंसोधन गरेर भएपनि लगानी गर्नु पर्छ भने ।