उमाकुण्ड गाउँपालिका बासीको जन अपेक्षा अनुसार काम गर्छौं- उपाध्यक्ष सुनुवार

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकी उपाध्यक्ष सावित्री सुनुवारले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएकी छन् । २०७४ को निर्वाचनमा निर्वाचित् भएर ५ वर्ष काम गरेका निवर्तमान जनप्रतिनिधिहरुसंगको अवुभव र आफूहरुको नयाँ सोच बिचारलाई प्रयोग गरेर पालिकाको विकासमा लाग्ने उनको भनाई छ । 

 

 

मन्थलीमा आज आइतबार नवनिर्वाचित आठ वटै स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनुवारले यस्तो बताएकी हुन् । 

 


उनले सबैको सुझाव र नागरिकका आवश्कतालाई मध्ये नजर गरेर काम गर्ने बताइन् । उनले महिलाहरुको क्षेत्रमा काम गर्ने बचन बद्द गरिन् ।