सार्वजनिक र निजी दुबै क्षेत्रसंग समन्वय गरेर काम गर्छौं-अध्यक्ष तामाङ्

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ्ले सबै क्षेत्रसंग समन्वय गरेर ५ वर्ष काम गर्ने बताएका छन् । जिल्लामा संक्रिय संस्थाहरुको सुझाव र सहकार्यमा पालिकाको विकासलाई अगाडि बढाउने उनको भनाई छ । 

 

 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन नवनिर्वाचित आठ वटै स्थानीय तहका जनप्रनिधिहरुलाई बधाई तथा शुभकामना दिन नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ र उद्योग बाणिज्य संघ रामेछापले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तामाङ्ले विकास र समृद्धि अहिलेको आवश्यकता रहेको भन्दै कुरा भन्दा काम गर्नु पर्ने बेला भएको उल्लखे गरे ।