गुम्देलमा डाइड्रोको बोलेर दुर्घटना हुदाँ तीन जना गम्भिर घाइतेः घाइतेलाई काठमाडौं लगियो

| जेठ २२, २०७९ आइतबार

A A A
A A A

२२ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा बोलेर दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरि उपचारको लागि काठमाडौं लगिएको   जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


आज आइतबार बिहान ११ बजे गुम्देलको साविसको १ नं वडा लाछेवरको फिटान जंगलमा भिजन ईनर्जी हाईड्रपावरको बागमती प्रदेश ०१–०२५ च ७९०० नम्बरको बलेरो गाडी दुर्घटनामा परेको हो । 

 


लाछेवरबाट ड्याम साईडतर्फ जाने क्रममा सडकमा फिलिङ गरेको माटोको छेउसाईड च्यापिदाँ बोलेर सडकबाट ५० मिटर तल खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए । 

 


उनका अनुसार बलेरोमा सवार ५ जना मध्य बोलेरोका चालक मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका वडा नं ८ बस्ने २३ वर्षीय दिपक बुलुन, भक्तपुर नगरपालिका ६ का २६ वर्षीय बिक्रम सुवाल र उदयपुरको चौदण्डिगढी नगरपालिका ६ का २७ वर्षीय आकाश प्रधान रहेका छन् । 

 

दुर्घटनामा परेका बुलुनको शरिरको विभिन्न भागमा चोट, सुवालको अनुहार, ढाड,दाहिने खुट्टामा चोट र प्रधान टाउको,कम्मर,दाहिने हात र शरीरको बिभिन्न भागमा चोटको सूचना अधिकारी ढकालले जानकारी दिए ।