जिल्ला समन्वय समिति रामेछापको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ हेर्नुहोस् ?

| जेठ २२, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

२२ जेठ, रामेछाप । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आसन्न जिल्ला समन्वय समिति रामेछापको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आज आइतबार तालिका सार्वजनिक गर्दै आउदो बुधबार २५ गतेदेखि २९ गते आइतबार मतदान गर्ने तालिकामा उल्लेख छ । 

 

१६ जना मतदाता रहेको जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा रामेछापमा माओवादी केन्द्र निर्णयक शक्तिको रुपमा छ । जिल्लाका आठ स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षले मतदान गर्ने जिसस निर्वाचनमा नेपाली कांग्रेसको ७, एमालेको ६ र माओवादीको ३ मत रहेको छ । 

 

तर, माओवादी केन्द्रले एमाले र माओवादी केन्द्र दुबै दलसंग छलफल गर्दा हालसम्म जिसस कसको भागमा पर्ने हो भन्ने टुङ्गो लाग्न सकेको छैन् । कांग्रेस पनि माओवादी केन्द्रसंग तालमेल गर्ने पक्षमा स्पष्ट देखिन्छ । तर, एमालेले आफूसंग भएको सिट भन्दा धेरै माग राख्दा कुरा मिलेको छैन स्रोत भन्छ । 

 

त्यस्तै एमाले पनि माओवादीलाई फकाउने बाटोमा सक्रिय देखिन्छ । जसअनुसार जिसस प्रमुख गठनको लागि कांग्रेस र एमाले संग बहुमत नुहँदा माओवादीसंग तालमेल गर्ने पक्षमा दुबै पार्टीले माओवादी केन्द्रसंग छलफललाई तिब्र पारेका छन् ।  

 

निर्वाचन तालिका यस्तो छ हेर्नुहोस्