तिल्पुङ्को भगवती मन्दिरबाट दान पेटीका चोरी र तोड्फोड्

| जेठ २३, २०७९ सोमबार

A A A
A A A

२३ जेठ, रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा ७ तिल्पुङ बोहोरा गाउँको भगवती मन्दिर चोरी भएको छ । 

 

गएराति मन्दिरको माथिल्लो पट्टीबाट भर्याङ् लगाएर मन्दिरको दोस्रो तल्लामा चडी दान पेटिका हराएको, झ्यालको सिडा तोड्फोड् गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं संयोजक निरबहादुर बोहोराले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘मन्दिर चोरी भएको हो । झ्यालको सिसा तोडफोड् गरिएको रहेछ । माथिल्लो पट्टिबाट भर्याङ् लगाएको छ । चोरी भएको छ । प्रहरी बोलाएका छौं, थप के–के चोरी भयो प्रहरी आएपछि मात्रै थाहा हुन्छ ।’ 

 

स्थानीयहरुको आस्थाको केन्द्र बनेको भगवती मन्दिरमा बोहोरा, बुढाथोकी थापा, पाण्डे खड्काहरुको कुल पूजा समेत गर्ने मुख्य आस्थाको केन्द्र रहेको अर्का स्थानीय राजकुमार बोहोराले रामेछाप टाइम्ससंग बताए । 


स्थानीयहरु प्रहरी अनुसन्धानको लागि सहजहोस् भन्ने उद्देश्यले मन्दिर भित्र नपसी बाहिर बसिरहेको र प्रहरी घटना स्थल तर्फ जादै गरेको उनले बताए । 

रामेछाप टाइम्स
| पुस ८, २०८२ मंगलबार