लिखु तामाकोशी गाउँपालिका बासीले स्थानीय सरकार छ, भन्ने गरि काम गर्छु-अध्यक्ष महत

| जेठ २३, २०७९ सोमबार

A A A
A A A

२३ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले ठूला ठूला झुटा आशा देखाउने भन्दा जनताले अनुभुती गर्ने काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
निर्वाचित जनप्रतिनिधिहरु प्रती जनताको अपेक्षा धेरै रहेको भन्दै आफ्नो ठाउँबाट ५ वर्षमा परिवर्तनको लागि काम गर्ने उनको भनाई छ । 

 


आइतबार उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र जिल्ला सहकारी संघ रामेछापले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज र विकास छिन भरमा नहुने भन्दै ५ वर्षमा सकेको काम गर्ने आश्वस्त परे । 

 


उनले गत ५ वर्षबाट जनता र राजनीतिक दलले पनि पाठ सकिकेको स्मरण गराउदै सबैले अनुभूती गर्ने र लिखु तामाकोशीमा स्थानीय सरकार छ भन्ने बनाउने गरि काम गर्छु भने ।